मंगलबार, २४ असार २०८२

पेट्रोलियम गाडीमा युरो ६ मापदण्ड लागू हुने

समयपोष्ट २०८२ वैशाख १९ गते १५:४६

Advertisement

सरकारले पेट्रोलियम सवारीसाधनमा युरो ६ मापदण्ड लागू गर्ने निर्णय गरेको छ।

शुक्रबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अबदेखि युरो ६ मापदण्ड लागू गरिने घोषणा गरे।

राष्ट्रपतिले वातावरणमैत्री र स्वच्छ इन्धनको प्रवर्द्धनका लागि युरो ६ मापदण्डअनुसारका पेट्रोलियम पदार्थ प्रयोग गरिने जानकारी दिए।

नेपालमा लामो समयदेखि पेट्रोल र डिजेलबाट चल्ने गाडीहरूमा युरो ६ मापदण्ड लागू गर्ने विषय उठ्दै आएको थियो। अब सरकारको नीतिगत घोषणासँगै सो मापदण्ड कार्यान्वयनमा जाने निश्चित भएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री