सोमबार, १० कार्तिक २०८२

१४ जीवन बीमा कम्पनीहरुले बैशाखसम्म गरे १ खर्ब २१ अर्ब ३५ करोडको व्यापार, कुन कम्पनीको कति ?

समयपोष्ट २०८१ जेठ १८ गते ११:००

Advertisement

चालु आवको बैशाख महिनासम्ममा १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख महिनासम्म सबैभन्दा बढी बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

नेपाल लाइफले बैशाख महिनासम्म ३२ अर्ब ३८ करोड १६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ । त्यस्तै दास्रोमा नेसनल लाइफले १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ ।

तेस्रोमा भने लाइफ इन्स्योरेन्स कर्पोरेसन परेको छ । कम्पनीले १४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ । बैशाखसम्म सबैभन्दा कम बीमा शुल्क संकलन गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेकाे छ । कम्पनीले ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकाे छ । कुल बीमा संकलनमा सबैभन्दा धेरै वृद्धिदर प्रभु महालक्ष्मी इन्स्योरेन्सको देखिएको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीको वृद्धिदर सबैभन्दा कम देखिएको छ ।

Advertisement

पहिलो बीमा प्रिमियम संकलनमा पनि बैशाख महिनासम्ममा नेपाल लाइफ नै अगाडि देखिएको छ । नेपाल लाइफले बैशाख महिनासम्म प्रथम प्रिमियमबापत् ५ अर्ब ४२ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ । नेसनल लाइफ इन्स्योरेन्स प्रथम प्रिमियम संकलनमा दोस्रो, हिमालयन लाइफ तेस्रो, सूर्य ज्योति लाइफ चौथा तथा लाइफ इन्स्योरेन्स कर्पोरेसन पाँचौमा परेका छन् ।

चैत्र महिनाको तुलनामा नयाँ व्यवसायमा विस्तारमा भने नेसनल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ भने दोस्रोमा प्रभु महालक्ष्मी लाइफ तथा तेस्रो रिलायवल नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ । चौथोमा सूर्य ज्योति लाइफ इन्स्योरेन्स र पाँचौमा आइएमई लाइफले चैत्र महिनाको तुलनामा धेरै व्यवसाय विस्तार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री