हिमालयन रि इन्स्योरेन्सको खुद नाफा शत्प्रतिशत्ले वृद्धि

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन रि इन्स्योरेन्स लिमिटेडको खुद नाफा शत्प्रतिशत् वृद्धि भएको छ ।
चैत्र मसान्तसम्ममा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क १२३.९६ प्रतिशत बढेको छ भने कुल आम्दानी ९०.५८ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल दाबी भुक्तानी ९४.६१ प्रतिशत र कुल खर्च ८८.८१ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५७ पैसा बढेर १२ रुपैयाँ ४१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.१५ गुणा रहेको छ।
१० अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ, विशेष जगेडामा ९२ करोड ११ लाख रुपैयाँ, महाविपत्ती कोषमा ९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७७ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।




























प्रतिक्रिया