सोमबार, ७ जेठ २०८१

धनकुटामा पाँच दिने कोशी प्रदेशस्तरीय औद्योगीक प्रदर्शनी हुँदै

समयपोष्ट २०८१ वैशाख २७ गते २०:३२

Advertisement

स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि धनकुटामा पाँच दिने प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला तथा खाना महोत्सव हुनेभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाले आज पत्रकार सम्मेलन गरी आगामी जेठ ९ गतेदेखि १३ गतेसम्म महोत्सव आयोजना गरिने जनाएको हो । महासङ्घका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले महोत्सवमा साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनीका लागि ३० वटा स्टल रहने र तीन करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख इश्वर थापाले धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा हुने महोत्सव यहाँ औद्योगिक ग्राम सञ्चालनको सम्भावना उजागर गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै मेलाले कोशी प्रदेशअन्तर्गतका १४ जिल्लामा हुने घरेलु उत्पादनलाई बजारीकरण र प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको औद्योगिक ग्राम सञ्चालन समितिका संयोजक तिलक महतले बताउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री