शुक्रबार, १४ वैशाख २०८१

ओलीले भने- आज नयाँ पार्टी मात्र होइन, नेपालको भविष्य दर्ता गर्दैछौँ

समयपोष्ट २०७५ जेठ ३ गते ४:५०

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले नेपालको भविष्य निर्धारण गर्ने बताउँदै भने,‘सबैले सोचेका होलान्,आज पार्टी दार्ता मात्र हो,’उनले भने,‘नेपालको भविष्यको दर्ता गर्दैछौँ । यसले नेपाल कता जाँदैछ भनेर निर्धारण गर्नेछ ।’

Advertisement

२५ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुवै पार्टीको केन्द्रीय कमिटी भंग भएर नयाँ केन्द्रीय कमिटी बन्ने बताउँदै यसले नेपालीको जनताको भाग्य भविष्य निर्धारण गर्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले आज हुन लागेको पार्टी एकता फुट्नका लागि नभएर जुट्नका लागि भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु फुट्छन् मात्र भन्ने कुरा सुन्दा वाक्क भएको बताउँदै अब कम्युनिष्टहरु जुट्ने मात्र बताए ।

उनले पार्टी एकता कसैलाई दमन होइन, समृद्धि र विकास गर्न, शासन होइन सेवा गर्न, भ्रष्टाचार गर्न होइन भ्रष्टाचार नियन्त्रण गर्नका लागि गरिएको पनि स्पष्ट पारे ।

उनले दुई पार्टी एकता भएपछि काँग्रेस अब प्रतिस्पर्धी पार्टी नभएर सहयोगी पार्टी बनेको पनि जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री