शुक्रबार, १६ चैत २०८०

ट्रक सडकबाट जंगलमा खस्यो, एकजनाको मृत्यु

समयपोष्ट २०७५ जेठ ३ गते ४:३६

कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

Advertisement

मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नं को ट्रक सडकबाट जंगलमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–३ निवासी गोकुल उपाध्यायको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको छ । अन्य चार जना घाइतेमध्ये दुईजनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र दुईजनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री