बुधबार, १२ वैशाख २०८१

मन्त्री आङवोलाई रंगशाला समितिको ज्ञापन

समयपोष्ट २०७५ जेठ २ गते ६:०४

झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले सुविधासम्पन्न रंगशालासहित स्मृति पार्क निर्माणका लागि प्रदेश सरकारसँग सहयोगको माग गरेको छ ।

Advertisement

प्रतिष्ठानको नेतृत्व टोलीले मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोलाई भेटेर रंगशालाको भोगाधिकारसहित बजेटको माग गरेको हो । मन्त्री आङ्वोलाई प्रतिष्ठानका तर्फबाट अध्यक्ष हुकुमसिंह राईले ज्ञापनपत्र बुझाउनुभएको थियो ।

ज्ञापनपत्र बुझाउनुहँुदै अध्यक्ष राईले निर्माणाधीन आदिवासी रंगशालालाई पहिचानसँगै विकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले आदिवासी, जनजातिको समाधिस्थल नष्ट गरेर रंगशाला बनाउने कार्यलाई पूर्णता दिन मन्त्री आङ्वोसँग माग गर्नुभएको थियो ।

ज्ञापनपत्र बुझ्नुहँुदै मन्त्री राईले प्रस्तावित योजनाअनुसारनै रंगशाला निर्माण गर्न प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । उहाँले केन्द्र र प्रदेश सरकार मिलेर देशकै सर्वोत्कृष्ट रंगशाला बनाउन सबैको सहमतिमा रंगशालाको कामले गति लिने विश्वास दिलाउनुभयो ।

त्यस क्रममा प्रतिष्ठानका उपाध्यक्ष पदम जवेगु, महासचिव दिपेनवाला राई, सदस्यद्वय चन्द्रकला सुब्बा, विष्णु भट्टराईलगायतको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री