शुक्रबार, ७ वैशाख २०८१

गगन थापालाई ओलीको जवाफ : मालिक माफ पाउँ भनेको छैन, कसरी घुँडामा भ्वाङ पर्नु !

समयपोष्ट २०७५ जेठ १ गते १२:२७

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा कुनै राष्ट्रहित विपरितका सन्धी सम्झौता नभएको दाबी गरेका छन् । मंगलबार युवासंघको २८ औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्झौता भएको भए प्रमाण ल्याउन चुनौति दिए ।

Advertisement

ओलीले मोदीको नेपाल भ्रमण ऐतिहासिक भएको समेत बताए । उनले मोदीको नेपाल भ्रमणको सन्दर्भमा कांग्रेस सांसद गगन थापाले दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने, ‘संविधान संशोधन गर्न सकिन माफ पाउँ मालिक अर्को पटक गर्छु भनेर मैले भनेको छैन । कसरी घुँडामा भ्वाङ पर्नु !’
उनले आफूले नेपालको सार्वभौमिकतालाई सम्मान गर्ने ठाउँमा आफूले भारतलाई ल्याएको पनि दाबी गरे । यसअघि सोमबारको संसद बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद थापाले हिजो अरुलाई लम्पसारवादी भन्ने प्रधानमन्त्री केपी शर्मा ओली आज ‘महालम्पसारवादी’ बनेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री