शुक्रबार, १४ वैशाख २०८१

चिन्दै नचिनेको व्यक्तिलाई लोग्ने कायम !

समयपोष्ट २०७५ वैशाख ३१ गते १:५३

चिन्दै नचिनेको व्यक्तिलाई लोग्ने कायम गरिदिएको मुद्दामा दाङ जिल्ला अदालतका न्यायाधीश चुरामन खड्कामाथि कारबाही भइरहेका बेला नेपाल बार काउन्सिलबाट एक वरिष्ठ अधिवक्तासमेत अनुसन्धानमा तानिन्दै छन् ।

Advertisement

आजको नागरिक दैनिकमा यो खबर प्रकाशित छ, वरिष्ठ अधिवक्ता लुमबहादुर कार्की सो मुद्दामा तानिएका हुन् । अन्य दुई अधिवक्ताका नाममा समेत उजुरी परेको र अनुसन्धान भइरहेको छ ।

जिन्दगीभर साथ दिन्छु भनेर बिहे गरेका पतिले पेन्सनपट्टा बनाउने क्रममा सौता ल्याएपछि तिनैलाई सजाय दिलाउन र छोराछोरीको प्राण धान्न कानूनी उपाय खोज्दा बागजुङकी नीरमाया पुनलाई नचिनेका व्यक्ति लोग्ने कायम गरिदिएपछि न्यायाधीश र कानून व्यवसायी अनुसन्धानको घेरामा परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री