शुक्रबार, ७ वैशाख २०८१

गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण !

समयपोष्ट २०७५ वैशाख ३१ गते १:३१

सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ।

Advertisement

यो खबर आजको नागरिक दैनिकमा छ, अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति पाएको खुलेको हो।

उनको गोरे, सिताराम खरेल र चूडामणि उप्रेती गरी तीनवटा नाम राखी व्यक्ति नै ‘यकीन नभएको र नाम, थर, वतन खुली आएमा वा पक्राउ परेको अवस्थामा अदालतमा पेस गरिने छ’ भन्दै सरकारी वकिलले अदालतमा राय पेस गरेर उन्मुक्ति दिइएको थियो।

सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाएपछि उनले निर्वाध सुन तस्करीको अवसर पाएका थिए । त्यसमाथि बहालवाला प्रहरी अधिकृतहरुले नै सुनको सुराकी दिने व्यक्तिका रुपमा प्रयोग गर्नु र केही प्रहरी अधिकृतहरु उनलाई जोगाउनसमेत लागिपरेका थिए।

अपराध महाशाखालाई ६ महिनाअघि सुनको सुराकी दिनु तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री, प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउत गोरेलाई जोगाउन लागिपरेको समेत देखिएको छ।

गृह मन्त्रालयबाट गठित ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणको उच्चस्तरीय छानबिन समितिले गरेको अनुसन्धानबाट सरकारी वकिलको कार्यालयले जोगाएका गोरेलाई नै प्रहरीले सुराकी स्रोत बनाएको देखिएको छ। सरकारी वकिलको कार्यालयले त्यतिबेला हरिशरण खड्कासहित ३३ जनाविरुद्ध अभियोग दायर गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री