नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले पूँजी बजार अघि बढ्न नसक्दा मुलुकको विकास हुन नसकेको बताएका छन् । बुधबारबाट काठमाडौंमा सूरु भएको पूँजी बजार प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजी बजार अघि बढेका देशहरुमा मात्रै विकास सम्भव भएको बताए ।
नेपालले पूँजी बजार भविष्यको आधार भएकाले यसमा लगानी गर्न अप्ठयारो मान्नु नपर्ने तर्क समेत गरे ।
नेपालले पूँजी बजारलाई पारदर्शी बनाउन सचेत गराउँदै पूँजी बजार संवेदनशील क्षेत्र भएकाले यसमा लगानी गर्दा सावधानी अपनाउनुपर्ने उल्लेख गरे ।









प्रतिक्रिया