बुधबार, २५ असार २०८२

महोत्तरीको एनएमबी बैंकको शाखा लुटियो

समयपोष्ट २०८० जेठ १६ गते १६:२२

Advertisement

महोत्तरीमा एनएमबी बैंकको शाखा लुटिएको छ ।

सोमबार मध्याह्न महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित बैंकको शाखा लुटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका छन् ।

उनले लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताए । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री