बिहीबार, १३ वैशाख २०८१

मन्त्रिपरिषद् बैठक बस्दै

समयपोष्ट २०८० जेठ १४ गते १०:२४

Advertisement

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।

आर्थिक वर्ष ०८०/८१ को बजेट,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण,गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने आममाफीको विषयमा छलफल गर्न बैठक बस्न लागेको बताईएको छ ।

बुधबार (जेठ १७ गते)देखि नै प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्ने तय भएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी सरकारले फाइल अघि बढाएको छ ।

सरकारका तर्फबाट सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री