शुक्रबार, १४ वैशाख २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा

समयपोष्ट २०८० जेठ १२ गते ११:५२

Advertisement

दुर्गा सुवेदी

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परेका १६ जना आरोपितको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरू हुँदैछ।

बयान र थुनछेक प्रयोजनका लागि २५ नम्बर इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पेसी तोकिएको हो ।

१४ जना फरार रहेकाले आज १६ जनाको मात्र बयान सुरु हुन लागेको हो ।

पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट सुरु गरिने बताईएको छ । सरकारी वकिल कार्यालयले दर्ता गरेको क्रमानुसार नै प्रतिवादीहरुको बयान लिन लागिएको र पहिलो प्रतिवादीका रुपमा केशव प्रसाद दुलालको नाम समावेश भएको कारण पहिलो बयान दुलालकै लिन लागिएको हो ।

अभियोगपत्रमा ३० जनालाई प्रतिवादी बनाउँदा केशवप्रसाद दुलालको नाम पहिलो प्रतिवादीका रुपमा रहेको छ । दोस्रो प्रतिवादीका रुपमा सानु भण्डारी, तेस्रोमा सागर राई र चौथोमा सन्देश शर्मालाई प्रतिवादी बनाइएको छ ।

तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलका सुरक्षा सल्लाहकारलाई ६ नम्बरमा प्रतिवादी, टोप बहादुर रायमाझीलाई ७ नम्बर, निलम्बिव पूर्व गृहसचिव टेक नारायण पाण्डे ९ नम्बर र पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई १३ नम्बरमा राखेर प्रतिवादी बनाइएको छ ।

यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेक नारायण पाण्डे लगायतका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री