बुधबार, १९ वैशाख २०८१

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

समयपोष्ट २०८० जेठ ३ गते ९:५०

Advertisement

नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न बङ्गलादेश सहमत भएको छ ।

बङ्गलादेशले दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली खरिद गर्ने सहमति गरेको हो ।

यससंगै नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ ।

बैठकमा दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ ।

Advertisement

४० मेगावाट बिजुली परीक्षण स्वरूप लैजाने सहमति गत वर्ष भदौ मै नेपाल र बङ्गलादेशबीच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री