बुधबार, १२ वैशाख २०८१

सवारी लाइसेन्सको नयाँ आवेदन आजबाट

समयपोष्ट २०७९ जेठ १६ गते ११:४७

Advertisement

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन प्रणाली आज साँझदेखि सुरू गर्ने भएको छ ।

विभागले एक सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरू गर्न लागिएको जनाएको छ ।

नयाँ लाइसेन्स तथा वर्ग थपका लागि हालसम्म परेका अनलाइन आवेदनहरू भने आजैदेखि रद्द गरिने सूचनामा जनाइएको छ ।

विभागका अनुसार वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि भने अर्को हप्ताको सोमबारबाट आवेदन खोलिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री