शुक्रबार, ७ वैशाख २०८१

परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे

समयपोष्ट २०७९ जेठ १५ गते १४:५८

Advertisement

चालु आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको पाइएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा दुई लाख २४ हजार ७८६ जना घटेको पाइएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म परिवार नियोजनका अस्थायी साधनका प्रयोगकर्ता पाँच लाख १४ हजार ६३ रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा अस्थायी साधन प्रयोग गर्ने सङ्ख्या सात लाख ३८ हजार ८४९ रहेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा परिवार नियोजनका साधन प्रयोगकर्ता ४४.२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री