शनिबार, १५ वैशाख २०८१

रुखमा बस ठोक्किदा आठको मृत्यु, २० जना घाइते

समयपोष्ट २०७९ जेठ १५ गते १४:१६

Advertisement

बंगलबादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु हुनका साथै अन्य २० जना घाइते भएका छन् ।

रातभरको यात्राका क्रममा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएको हुनसक्ने जिल्ला प्रहरी उपरीक्षक मारुफ हुसेनले बताएका छन् ।

उनका अनुसार बसमा रहेका ४२ जनामध्ये २० जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ । घाइते सबैलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको प्रहरी अधिकारीले जानकारी दिँदै दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

गुणस्तरहीन राजमार्ग,सवारी साधनको उचित मर्मतसम्भार अभाव, अयोग्य चालकबाट हुने सवारी नियम उल्लङ्घन र नियमन निकायको फितलो अनुगमनका कारण बङ्गलादेश सडक दुर्घटनामा आफ्ना धेरै नागरिक गुमाउने विश्वका प्रमुख मुलुकहरूमा पर्दछ ।

गैरसरकारी संस्था रोड सेफ्टी फाउन्डेसनले यो महिनाको सुरुमा एक प्रेस विज्ञप्ति जारी गर्दै गत महिना देशभर भएका ४२७ सडक दुर्घटनामा कम्तीमा ५४३ जनाको ज्यान गएको र ६१२ जना घाइते भएका जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री