शनिबार, ८ वैशाख २०८१

भेटियो बेपत्ता तारा एयरको बिमान

समयपोष्ट २०७९ जेठ १५ गते १३:३६

Advertisement

बेपत्ता तारा एयरको बिमान फेला परेको छ ।

९ एन एईटी कल साइनको ट्वीनअटर जहाज थासाङ गाउँपालिकाको लार्जुङको बायाँपट्टि खोचमा भेटिएको वायुसेवा संञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले पुष्टि गरे ।

कँडेलले जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको बताए ।

बिमान दुर्घटनाग्रस्त स्थानमा पुग्न हेलिकप्टर सो क्षेत्रमा परिचालन भइसकेको तर अवतरण गर्न नसकिएको कँडेलले बताए ।

ताराको विमानमा ६ विदेशीसहित १९ जना सवार थिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । विमानका सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।

तारा एयरको आज बिहान ९:५५ मा पोखराबाट उडेको उक्त जहाज उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री