शुक्रबार, ७ वैशाख २०८१

पोखराबाट १९ यात्रुसहित जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

समयपोष्ट २०७९ जेठ १५ गते ११:०९

Advertisement

तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

पोखरा विमानस्थलबाट आइतबार विहान ९ः५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखरा विमानस्थलका महाप्रबन्धक विक्रम गौतमले जानकारी दिए ।

नाइन एन-एइटी कलसाइनको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिसकेको गौतमले बताए।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

उनले भने–‘विमान सम्पर्क बिहिन भएको कुरा आएको छ, हामी बुझ्दैछौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री