बिहीबार, १३ वैशाख २०८१

सेक्स भिडियोमा सात करोडको बार्गेनिङ ! ६ पत्रकारसहित सात पक्राउ

समयपोष्ट २०७९ जेठ १३ गते २०:५१

Advertisement

एक महिलालाई धम्की दिएर सात करोड रुपैयाँ उठाउन खोज्ने ६ पत्रकारसहित सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा-१० घर भएका २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नीत्रिवेणी-८ का २९ वर्षीय टेक विक, काभ्रेपलान्चोकको तिमाल-३ का ३३ वर्षीय उमेश भण्डारी, बझाङको खप्तडछान्ना-७ का धर्मराज थापा, गुल्मीको धुरकोट-२ का २९ वर्षीय बसन्ता खनाल, चितवनको भरतपुर-११ का ३२ वर्षीय सुरज शर्मा र काठमाडौंको सिनामंगलका ३३ वर्षीय श्रवण कार्की रहेको प्रहरीले जनाएको छ।

यसरी सुरु भयो बार्गेनिङको सिलसिला

एक महिला बिग्रिएको ल्यापटप बनाउन भन्दै चितवनको भरतपुर-११ स्थायी घर भएका ३२ वर्षीय सुरज कार्की शर्मा र काठमाडौंको सिनामंगल घर भएका ३३ वर्षीय श्रवण कार्कीको पसलमा पुगेकी थिइन् ।

ल्यापटप बनाउने क्रममा उनीहरूले अश्लील भिडियो देखे अनि सुटुक्कै अर्को डिभाइसमा सारे । उनीहरूले ती महिलासँग पैसाको बार्गेनिङ गर्न सकिने सोचेर मिडिया क्षेत्रमै रहेका काभ्रेको तिमाल-३ का उमेश भण्डारीसँग सम्पर्क गरे ।

भण्डारीले त्यसबारे गुल्मीको धुरकोट-२ की २९ वर्षीया बसन्ता खनाल र बझाङको खप्तडछान्ना-७ का धर्मराज थापासँग कुरा गरे। दुवै जना मिडियामै आबद्ध थिए ।

पैसा पाइन सकिने थाहा पाएपछि उनीहरूले उदयपुरको त्रियुगा-१० का २१ वर्षीय सुरज आचार्यसँग सम्पर्क गरे । सुजनले ती महिलासँग सम्पर्क गरी भिडियोबारे बताए ।

सुजनले पैसा दिए कुरा मिलाइदिने प्रस्ताव ती महिलासँग राखे । महिलाले ७ करोड रुपैयाँ दिन तयार रहेको भन्दै भेट्न बोलाइन् । ती महिलासँग पैसा लिन पुगेकालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समात्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री