शुक्रबार, ७ वैशाख २०८१

फोनपे आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण

समयपोष्ट २०७९ जेठ ९ गते २१:१८

Advertisement

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड आइएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण भएको छ।

फोनपेले आफ्नो सेवामा गुणस्तर प्रदान गरेकाले आइएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट) २७००१ः२०१३ बाट प्रमाणपत्र पाएको कम्पनीले जनाएको छ। यस किसिमको प्रमाणीकरणले फोनपेबाट गरिने सबै कारोबार सुरक्षित रहेको र भुक्तानी गर्ने ग्राहकका हरेक डेटा सुरक्षित राख्न कम्पनी प्रतिबद्ध रहेको जनाउने दाबी कम्पनीको छ।

‘फोनपे आमग्राहकले सुरक्षित तवरले कारोबार गर्न सकुन् भन्ने कुरामा प्रतिबद्ध छ। त्यसका लागि फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको छ। आउँदा दिनमा पनि हामी निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउँदै जानेछौँ,’ फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने।

‘आइएसओ प्रमाणीकरणले हाम्रा ग्राहक र कम्पनीको डेटा सुरक्षाको लागि हाम्री प्रतिबद्ध छौँ भन्ने देखाउँछ। यसमा सम्पूर्ण कर्मचारीको प्रयास र योगदान छ,’फोनपेका हेड अफ सेक्यूरिटीका आस्लम अलीले भने।

फोनपले यसअघि पनि डेटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डेटा सुरक्षा मापदण्ड’ (पीसीआइ डिएसएस भिथिटुवान) प्रमाणीकरण पाइसकेको छ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्सफर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध भइसकेको कम्पनीले जनाएको छ। यस्तै फोनपेमा हालसम्म करिब ७ लाख मर्चेन्ट छन्। एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एपबाट फोनपेले सेवा पुर्याउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री