बिहीबार, १३ वैशाख २०८१

भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारी विजयी

समयपोष्ट २०७९ जेठ ९ गते १८:१०

Advertisement

भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् ।

भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिइसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएका छन् ।

उनले १९ हजार ५१४ को मतान्तर बनाएका छन् । अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी हुँदा अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री