शुक्रबार, १४ वैशाख २०८१

बालेनको जित अब निश्चित

समयपोष्ट २०७९ जेठ ९ गते १७:१३

Advertisement

काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

७ हजार ४६९ वटा मतगणना हुँदा बालेनले ३३१८ मत ल्याएर लिड गरिरहेका छन् ।

कांग्रेस उम्मेदवार सिर्जना सिंहको १३८२ भोट आएको छ । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले यस वडाबाट ११२० भोट ल्याएका छन् ।

९ नम्बर वडा बालेनकै घर भएको वडा हो । हालसम्म काठमाडौंका २० वडाको मतगणना सकिँदा बालेन अन्य प्रतिस्पर्धीहरुभन्दा १८ हजार बढी मतले अगाडि छन् । उनको जित लगभग निश्चित देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री