शुक्रबार, १४ वैशाख २०८१

वनस्थलीमा स्कुटर बससंग ठोकियो, एक जनाको मृत्यु

समयपोष्ट २०७९ जेठ ८ गते २०:५७

Advertisement

काठमाडौँको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज दोङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौँ महानगरपालिका–१६ वनस्थली चोकमा बा४ख ५७३९ नंको बस र बा५७प ३४४४ नंको स्कुटर एकापसमा ठोक्किएका थिए ।

गम्भीर घाइते दोङको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री