बिहीबार, १३ वैशाख २०८१

काठमाडौँमा ९६ हजार बढी मत गणना, सुनिश्ति बन्दै बालेनको विजय

समयपोष्ट २०७९ जेठ ७ गते १८:००

Advertisement

काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेन साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछि पारेका छन् ।

उनले हालसम्म ३५ हजार ३७४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत ल्याएका छन् ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छन् ।

काठमाडौँमा अहिले ९६ हजार ९४४ मत गनिसकिएको छ । अझै ९४ हजार २४२ मत गन्न बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री