शुक्रबार, ७ वैशाख २०८१

नेपाल ईन्स्योरेन्स कम्पनीको नयाँ भवनको शिलान्यास

समयपोष्ट २०७९ जेठ ६ गते १६:३१

Advertisement

नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको काठमाण्डौं महानगरपालिका वडा नं २८ कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गईरहेको नयाँ कर्पोरेट भवनको शिलन्यास गरिएको छ ।

शुक्रबार एक कार्यक्रमकाबिच बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्त रुपमा भवनको शिलन्यास गर्नुभयो ।

यस कम्पनी नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको स्वामित्वमा तत्कालिन (राणा कालिन) कानुन बमोजिम बि.स. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडको नाममा स्थापना भई उद्योग परिषदबाट समेत बि.स. २००६ सालमा इजाजत प्राप्त छ ।

यो कम्पनी बि.स.२०१६ सालमा नाम परिवर्तन भई नेपाल ईन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड र बि.स. २०४८ सालमा नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा परिणत भई, बिगत ७५ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै सुनौलो पहिचान, शाख र प्रतिष्ठा कायम राख्दै विश्वाशीलो र भरपर्दो कम्पनीको रुपमा बीमाका नविनतम सेवाहरु सहित बीमितहरुको सेवा र सन्तुष्टिलाई ध्यान दिई बीमा व्यावसाय प्रवद्र्धन गर्ने कार्यलाई निरन्तरता प्रदान गर्दै आएको छ ।

कम्पनीको काठमाण्डौं महानगरपालिका न्यूरोड र पर्सा स्थित बिरगन्जमा आफ्नै भवनमा कार्यालय संचालनमा रहेकोमा बिराटनगर तथा नारायणगढमा रहेका जग्गामा समेत आफ्नै भवन बनाउने कम्पनीको योजना रहेको छ ।

कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय समेत ५९ वटा शाखा÷उपशाखा÷सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको शाखा संजाललाई बिस्तार गरि देशको ग्रामिण स्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पु¥याउने अठोटका साथ नियमनकारी निकायहरुको निर्देशन तथा बीमकको संस्थागत सुशासनहरुको पालन गरि लक्ष्य अनुसार नै अगाडी बढि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री