आइतबार, २९ असार २०८२

बालेनको भोट २० हजार बढी, आफ्नै वडामा पछि परे स्थापित

समयपोष्ट २०७९ जेठ ५ गते ६:३४

Advertisement

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् ।

५४ हजार ६२१ भोट गणना हुँदा बालेनले २१ हजार १११ भोट पाएका छन् । उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित १० हजार ९९८ भोटमा सीमित भएका छन् ।

त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १०, १७३ भोट ल्याएकी छन् ।

अहिले मतगणना भैरहेको स्थापितको आफ्नै २८ नम्बर वडामा समेत उनी पछि परेका छन् । यहाँ बालेनले ३७८ भोट ल्याए भने स्थापितको ३४५ मात्रै आयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री