बुधबार, १२ वैशाख २०८१

माधव नेपालको गृहनगरमा नेकपा एस विजयी

समयपोष्ट २०७९ जेठ ४ गते १८:०९

Advertisement

रौतहटको गौर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एकीकृत समाजवादीका शम्भु साह निर्वाचित भएका छन् ।

साहले ६ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् । साह २ हजार ६ सय २६ मत अन्तरले निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ३ हजार ७ सय ५५ पाए । गुप्ता निवर्तमान नगरप्रमुख समेत हुन् ।

नगरउपप्रमुख पदमा एकीकृत समाजवादीकै शैलकुमारी साह ४ हजार ८ सय ०९ मत पाई निर्वाचित भएकी छन् । साहकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शाहजान खातुनले ३ हजार ६ सय ८५ मत पाइन् । २०७४ सालको निर्वाचनमा साह गुप्तासँग पराजित भएका थिए । निर्वाचित साहको पार्टीले गौर नगरपालिकाको १, २, ३, ४, ६, ७ र ९ नम्बर वडामा जित हासिल गरेको छ । ५ मा स्वतन्त्र र ८ मा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय गौरले जनायो ।

गौर नगरपालिका एकीकृत समाजपादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर भएको नगरपालिका हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री