शनिबार, १५ वैशाख २०८१

धरानमा मतगणना रोकियो

समयपोष्ट २०७९ जेठ ४ गते १७:३२

Advertisement

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र फेला परेपछि धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ ।

१८ वटा मतपत्रमा हस्ताक्षर नभेटिएपछि विवाद हुदाँ मतगणना रोकिएको हो ।

१८ वटा मतपत्रमध्ये ११ वटामा माओवादीको उम्मेदवारलाई मत परेको थियो ।

उक्त वडामा कांग्रेसका पदम बहादुर लिम्बूले ४ मतान्तरले विजयी भएका थिए ।

विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । माओवादी केन्द्रका विजय तामाङ उनको निकटतम प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री