शुक्रबार, ७ वैशाख २०८१

भरतपुर महानगरपालिकाको मतगणना सुरू

समयपोष्ट २०७९ वैशाख ३१ गते १२:२४

Advertisement

चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ ।

महानगरको वडा नम्बर १ बाट गणना सुरू गरिएको हो।

यहाँ माओवादी केन्द्रको तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार छिन् भने एमालेको तर्फबाट विजय सुवेदी उम्मेदवार छन् ।

नेपाली कांग्रेसले भने यहाँ मेयरको रुपमा माओवादी केन्द्रलाई समर्थन गरेको छ । यद्यपि कांग्रेसबाट असन्तुष्ट बनेका जगन्नाथ पौडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री