शुक्रबार, १४ वैशाख २०८१

मतदान सकिएपछि इन्स्पेक्टरले वडाध्यक्षका छोरालाई गोली हानेर मारे

समयपोष्ट २०७९ वैशाख ३० गते १९:४६

Advertisement

उदयपुरको एउटा मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारी २५ किलाेमिटर टाढा सोरुमछब्बिसेमा प्रहरीले गोली चलाउँदा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार गौरवबहादुर कटुवालको २१ वर्षे छोरो नवीनको मृत्यु भएको हो ।

मतदान सकिएपछि सबैलाई भाग भनेका प्रहरी इन्स्पेक्टरले पहिलो राउण्ड गोली घुँडामुनी र दोस्रो राउण्ड कम्मरमाथि हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाेली प्रहारबाट १३ वर्षे बालक माेहन श्रेष्ठ घाइते भएका छन् ।
मतदान केन्द्रमा रहेका कर्मचारी र अन्य प्रहरीले इन्स्पेक्टर सन्की भएकाले नवीनको ज्यान गएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री