शुक्रबार, १६ चैत २०८०

३३.९२ प्रतिशतले बढ्यो प्रभु लाइफको खुद बीमाशुल्क

समयपोष्ट २०७९ वैशाख २९ गते ११:४४

Advertisement

प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३३.९२ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १३ करोड २१ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा भने २६.४८ प्रतिशतले घटेर १० करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १३ करोड ७८ लाख रुपैयँ खुद नफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४५ करोड ५४ लाख रुपैयाँ, बीमा कोषमा २ अर्ब ७१ करोड ५० लाख रुपैयाँ र महावित्ती कोषमा ३ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात ८२.३० गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री