शुक्रबार, २१ वैशाख २०८१

नेको इन्स्योरेन्सको नाफा ३४ करोड २६ लाख

समयपोष्ट २०७९ वैशाख २९ गते ११:०२

Advertisement

नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४ करोड २६ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २.३६ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १.१७ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत २२ करोड ३४ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १० करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

Advertisement

चुक्ता पूँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६२ करोड २२ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ २ पैसा, प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री