शुक्रबार, २१ वैशाख २०८१

महालक्ष्मी लाईफले ९० करोड बराबरको आईपीओ जारी गर्ने, मर्जर तथा प्राप्तिको योजना प्राथमिकतामा

समयपोष्ट २०७९ वैशाख २६ गते ६:५०

Advertisement

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रू. ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आइतवार काठमाडौंको कमलपोखरीस्थित होटल हुकुम, दरबारमा विशेष साधारण सभा सम्पन्न गरी आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

नयाँ जीवन बीमा कम्पनीहरु मध्येकै कान्छो कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले बीमा समितिको निर्देशन बमोजिम पूँजी वृद्धिका लागि आईपीओसहितका योजना अघि सारेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीलाई रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नु पर्नेछ ।

सोही बमोजिम पूँजी कायम गर्ने योजना अनुसार आइतवारको सभाले अधिकृत पूूँजी रू. ५ अर्ब र जारी पूँजी रू. ३ अर्ब कायम हुने गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको छ ।

Advertisement

पूँजी वृद्धिका लागि आईपीओ सहित तथा मर्जर तथा प्राप्ति प्रक्रियालाई पनि कम्पनीले प्राथमिकतामा राखेको छ । आगामी दिनमा एउटै प्रकृतिका कम्पनीबिच मर्जर तथा प्राप्ति प्रक्रिया अघि बढाउन आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गरेको छ ।

पूँजी वृद्धि योजना बमोजिम अघि बढ्न आइतवार विशेष साधारण सभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको ५८ औं बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटीसमेत गठन गरेको छ ।

बीमा समितिले गत चैत्र १० गते पूँजी वृद्धिका लागि सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । पहिलाकै व्यवस्था बमोजिम रू. २ अर्ब चुक्तापूँजी कायम गर्न बाँकी यस कम्पनीले विषेश साधारण सभा गरेर पूँजी वृद्धिको योजना कार्यान्वयनको बाटो खुला गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री