शुक्रबार, २१ वैशाख २०८१

सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा १७ करोड ३४ लाख

समयपोष्ट २०७९ वैशाख २५ गते १३:३५

Advertisement

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १.९९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमाशुल्क पनि १२.७९ प्रतिशतले बढेर ८३ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७४ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा पावत ३० करोड ८२ लाख रुपैयाँ र लगानी कर्ता तथा अन्य आयबाट ७ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ३९ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब ९ करोड ४५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ५३ लाख रुपैयाँ सञ्चित छ ।

Advertisement

यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी भने ४ रुपैयाँ ७२ पैसाले घटेर १७ रुपैयाँ ९६ पैसामा सिमित भएको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ३२ पैसा र मूल्य आम्दानी अनुपात ४५.०६ गुणा रहेको छ ।

कम्पनीले यस अवधिमा एक लाख ४७ हजार १७४ वटा बीमालेख जारी गरी २ अर्ब ५० लाख ३० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस अवधिमा कम्पनीले ७ हजार ३८९ वटा दाबी वापत ७५ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८ हजार ७६१ वटा दाबी वापत १ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री