शुक्रबार, २१ वैशाख २०८१

हिमालयन र एभरेष्ट इन्स्योरेन्सले गरे मर्जरको सहमति

समयपोष्ट २०७९ वैशाख २२ गते १९:५२

Advertisement

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरको सहमति गरेका छन् ।

दुबै कम्पनीका मर्जर उपसमितिले गरेको सिफारिस अनुसार समझादारिपत्रमा आज हस्ताक्षर गरेका छन् ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्बबाट बढाएर दुई अर्ब पचास करोड पुर्याई दिएपछि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जरको बाटो तय गरेका हुन्। यो मर्जर सहमतिले हकप्रद शेयर नै जारी गर्न लागिपरेका कम्पनीका संचालकहरु प्रेसरमा पर्ने छन्।

दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) सकिएपछि सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) तय हुने कम्पनीले जनाएको छ।

Advertisement

हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ । यस्तै एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । १:१ मा दुई कम्पनी गभिएमा एकीकृत कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री