भारतका विदेश सचिव विनय मोहन क्वात्राद्धारा पदभार ग्रहण

नवनियुक्त भारतका विदेश सचिव विनय मोहन क्वात्राले आज बिहान पदभार ग्रहण गरेका छन् ।

Advertisement

केही समय अघि नेपालस्थित भारतीय राजदूत क्वात्रालाई भारत सरकारले नयाँ विदेश सचिव नियुक्त गरेको थियो ।
वर्तमान विदेश सचिव हर्षवर्द्धन श्रृङ्गला अप्रिल ३० मा सेवा निवृत्त भएपछि क्वात्राले उक्त जिम्मेवारी सम्हालेका हुन् ।

सन् १९८८ मा विदेश सेवा प्रवेश गरेका क्वात्रा झण्डै तीन वर्षअघि नेपालका लागि राजदूत नियुक्त भएका थिए।

भारतीय विदेश मन्त्रालयले विदेश सचिव क्वात्रालाई फलदायी र सफल कार्यकालको कामना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री