शुक्रबार, १६ चैत २०८०

लमजुङका आयोजनाहरुले थाले क्षमताअनुसार विद्यु्त् उत्पादन

समयपोष्ट २०७८ जेठ १७ गते १२:४५

Advertisement

जनक श्रेष्ठ

लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाहरुले क्षमताअनुसार विद्यु्त् उत्पादन गर्न थालेका छन् । नदीमा पानीको बहाव कम भएसँगै क्षमताभन्दा न्यून उत्पादन गरिरहेका ती आयोजनाले हालैको वर्षात्पछि पूरै क्षमतामा बिजुली उत्पादन गर्न थालेका छन् ।

डुम्रे–बेँसीशहर सडकखण्ड नजीकै जिल्लास्थित बँेसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढेको छ । केही दिनअघिसम्म ५०÷५५ मेगावाट मात्र बिजुली उत्पादन रहेकामा तीन दिनअघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनको निरन्तर पानीले मस्र्याङ्दी नदीमा पानीको बहाव वृद्धि भएसँगै बिजुली उत्पादन बढेको छ ।

आयोजनाका अनुसार यस नदीमा पानी कम हुँदा विद्युत् उत्पादन घटेर यस वर्ष २२÷२३ मेगावाटसम्म मात्र विद्युत् उत्पादन भएको थियो । विगतका वर्षमा २५÷२६ मेगावाटभन्दा कम विद्युत् उत्पादन भएको थिएन । आयोजनामा ३५÷३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाटको बिजुली उत्पादन हुँदै आएको छ । यस आयोजना जिल्लाकै पहिलो तथा ठूलो आयोजना हो । यस आयोजनामा गत मङ्सिरको दोस्रो हप्ताबाट बिजुली उत्पादन घटेको थियो । सन् २००० मा निर्माण कार्य शुरु गरेको यस आयोजनाले सन् २००८ मा निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गर्दै आइरहेको छ । यस आयोजना रु २७ अर्ब २० करोड लागतमा निर्माण भएको थियो ।

त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–७ र ८ भुलभुलेस्थित ५० मेगावाट क्षमता भएको माथिल्लो मस्र्याङ्दी जलविद्युत् ‘ए’ आयोजनामा समेत विद्युत् पूरै क्षमतामा उत्पादन हुन थालेकोे छ । एक हप्ताअघिसम्म ३२ देखि ४० को हाराहारीमा उत्पादन हुँदै आए पनि सो यता आयोजनाको पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको आयोजनाका जनसम्पर्क अधिकृत इन्जिनीयर कर्ण अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस÷माघ महिनामा त उत्पादन घटेर २५ मेगावाट मात्र बिजुली उत्पादन भएको थियो । अब मस्र्याङ्दी नदीमा पानी बढेकाले उत्पादन पूरै क्षमतामा भएको उहाँको भनाइ छ । यस आयोजनामा २५÷२५ क्षमताको दुईवटा टर्वाइन गरी ५० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो ।

सन् २०१३ जनवरीबाट आयोजनाको निर्माण कार्य शुरु गर्दै सन् २०१७ जनवरीबाट व्यावसायिकरूपमा माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले विद्युत् उत्पादन थालेको थियो । सो आयोजना करीब रु १६ अर्ब लागतमा निर्माण सम्पन्न भएको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ । यस आयोजना हालसम्म उत्पादन थालेका जलविद्युत् आयोजनामध्ये दोस्रो ठूलो आयोजना हो ।

यस आयोजनाबाहेक जिल्लामा उत्पादन थालेका पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको क्षमताको राधी, चार मेगावाटको खुदी, तीन मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याङ्गे जलविद्युत् आयोजनामा समेत विद्युत् उत्पादन वृद्धि भएको बताइएको छ ।

जिल्लामा केही आयोजनाहरुले समेत निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने तयारीमा रहेका छन् । दोर्दी कोरिडोरमा मात्र चार आयोजनाहरु निर्माणाधीन रहेका छन् । ती आयोजनाहरुले अधिकांश काम सम्पन्न गरिसकेका छन् । उक्त कोरिडोरमा निर्माण सम्पन्न भएपश्चात् ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना जिल्लाकै दोस्रो ठूलो आयोजना हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री