बुधबार, ३२ असार २०८२

पहिलोपटक संक्रमितभन्दा निको हुँने बढे, उपत्यकामा पनि घट्यो कोरोना संक्रमण

समयपोष्ट २०७८ जेठ १२ गते १६:४९

Advertisement

पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार ७१६ निको भएका छन् । आज देशभर संक्रमित भन्दा निकाे हुनेकाे संख्या बृद्धि भएको हो ।

अहिले १ लाख १७ हजार ७७ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७७५ पुगेको छ भने ४ लाख ११ हजार ६०३ निको भएका छन् । पछिल्लो २४ घण्टामा थप १४५ जनाले ज्यान गुमाएका छन् । यससंगै देशभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८४५ रहेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री