मन्त्री आलेले व्यक्तिरुपमा किनेर बाँडेको भनिएको सिलिन्डरको बिल नै नक्कली !

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेर अक्सिजन सिलिन्डर दिएपछि सामाजिक सञ्जालमा उनको निकै चर्चा चल्यो ।

Advertisement

मन्त्री आलेले मैले ब्यक्तिगत तवरले अक्सिजन सिलिण्डर खरीद गरेर बाँडेको भन्दै स्पष्टिकरण समेत दिन भ्याए । मन्त्री आलेले व्यक्तिग रुपमा खरीद गरेको भन्दै विल समेत सार्वजनिक गरे तर सोही विल नक्कली भएको प्रमाणित भएको छ ।

मन्त्रीपरिषदको बैशाख १३ गतेको बैठकले महामारीबाट संक्रमित बिरामीहरुको उपचार व्यबस्थापनका लागि आबश्यक अक्सिजन सिलिन्डरलगायतका सामाग्रीहरुको पैठारीमा लाग्ने भन्सार महसुल, भ्याट, तथा अन्तशुल्क समेत छुट हुने निर्णय गरेको थियो।

तर आलेले त भ्याट नै तिरेको बिल सार्वजनिक गरेका छन्।

Advertisement

सेती अस्पतालले अक्सिजन सिलिन्डर उपलब्ध गराइदिन भन्दै बिध म्यानेजमेन्ट प्रालीलाई पत्राचार गरेको छ। तर, प्रश्न उठ्छ व्यक्तिगत खर्चमा अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्री किनेको दाबी गरेका मन्त्री आलेले किन सेती प्रादेशिक अस्पतालमार्फत बिध म्यानेजमेन्ट प्रालीलाई पत्र लेखे त ?

त्यसो त बिध म्यानेजमेन्ट प्राली आँफैमा बिबादास्पद कम्पनी हो। बिधका बिषयमा अबैध लगानीको समाचार बाहिर आइरहेको छ। शंकास्पद लगानीमा सञ्चालित बिधले नियमविपरीत पोखरामा प्रयोगशाला स्थापना गरेको भन्दै राष्ट्रिय प्रयोगशाला, टेकुले बन्द गराएको थियो।

मन्त्री आलेले किनेको बिलमा किन भ्याट जोडिएको हो भनेर बिधमा सम्पर्क गर्न खोज्दा त्यहाँका कर्मचारीहरुले कुनै प्रतिक्रिया दिन चाहेनन्।

आलेले गृह जिल्लामा वितरण गरेका ७५ वटा सिलिन्डरमा स्टिकर टाँसेको सामाजिक सन्जालमा छताछुल्ल भएका थिए। । ती मध्ये ६० वटा उनले बिध म्यानेजमेन्ट प्रालीबाट खरिद गरेको उल्लेख गरेका छन्। तर, उनको स्टिकर टाँसिएको निलो १५ वटा सिलिन्डर भने स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको खुलिसकेको छ।

सार्वजनिक बीलमा ४० लिटरको ६० वटा सिलिन्डर किनेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री