वर्षात्ले घर भत्कँदा मृत्यु

लगातार दुई दिनयता परेको वर्षात्का कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहनुभएको जनाइएको छ ।

Advertisement

आज बिहान १०ः३० बजेतिर थापाको दुईतले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते हुनुभएका लक्ष्मीको उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री