
काँग्रेश नेता अभिषेक प्रताप शाह सवार गाडी नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी-१ दुम्कीबासमा दुर्घटना भएको छ ।
बा १५ च ७५२३ नम्बरको कार बिहान १० बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य एवं कांग्रेस केन्द्रीय समेत रहेका शाहसंग उक्त गाडीमा अन्य तिन जना पनि सवार थिए । वैकल्पिक सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उनी गृह जिल्लाबाट काठमाडौं आउँदै गरेको बुझिएको छ ।
कारमा सवार शाहसहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।









प्रतिक्रिया