मंगलबार, २५ वैशाख २०८१

नेष्डो समृद्ध लघुवित्तले ८ लाख कित्ता आइपीओ जारी गर्ने, ग्लोबल आइ एम ई क्यापिटल बिक्री प्रबन्धक नियुक्त

समयपोष्ट २०७८ जेठ ६ गते १२:१०

Advertisement

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ ।

आइपिओ निश्कासनको लागि कम्पनीले बुधबार ग्लोबल आइ एम ई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।

लघुवित्तले वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो।

पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था, नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

Advertisement

वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री