सभापति देउवासहित काँग्रेसका शीर्ष नेताले आज प्रधानमन्त्री ओलीलाई भेट्ने

नेपाली काँग्रेसका शीर्ष नेताले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।

Advertisement

बिहीबार बिहान १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला बालुवाटार जाने भएका हुन् ।

काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतका अनुसार कोभिड १९ नियन्त्रण तथा रोकथाममा सरकारको ध्यानाकर्षण गर्न प्रधानमन्त्रीलाई भेट्न लागिएको हो ।
विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण श्रमिक, मजदुर, किसान, व्यापारी, उद्योगी, यातायात व्यवसायी, पर्यटन व्यवसायी, विद्यार्थी लगायतलाई मार परिरहेकाले सरकार गम्भीर बन्दै अविलम्ब राहत प्याकेज ल्याउनुपर्नेमा काँग्रेसले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री