मंगलबार, १८ वैशाख २०८१

बालबालिकामा कोरोना संक्रमण भए देखिन्छन् यस्ता लक्षण

समयपोष्ट २०७८ जेठ ५ गते १४:२४

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस भेटिएको जानकारी दिईसकेको छ । परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशतमा भारतीय भेरियन्टको कोरोना भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’भनिएको यो भाइरस यसअघिको भाइरसभन्दा जटिल र घातक खालको भएको स्वास्थकर्मी बताउँछन् ।

प्रसारको हिसाबले यो युके भेरियन्टभन्दा अझै तीब्र गतिमा प्रसार हुने खालको भएकाले यसले सबै वर्ग र उमेर समूहका व्यक्तिलाई असर गर्ने शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारी बताउँछन् ।

बन्द कोठामा बसेको एउटा संक्रमितले सयौंजनासम्मलाई एकै मिनेटमा यो भाइरस सार्न सक्छ । यसले ६०/६५ वर्षका ज्येष्ठ नागरिकदेखि ३/४ वर्षका बच्चासम्म सबैलाई असर गर्ने गर्छ ।

अहिले भारतमा धेरैजसो बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

बालबालिकामा कोरोना संक्रमण हुँदा कस्तो लक्षण देखिन्छन् त ?

​ज्वरो

खोकी

सास फेर्न समस्या

थकावट

​घाँटी खसखस

मांसपेशी दुख्ने

जोर्नीमा मांसपेशीलाई हड्डीसँग जोड्ने कडा इलास्टिकजस्तो तन्तु दुख्नु

नाक बग्नु

गन्ध थाहा नहुनु

स्वाद नआउनु

पेट खराब हुनु

प्रतिक्रिया

सम्बन्धित सामाग्री