
एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरेर लागु गर्दै पार्टीभित्रको विवाद समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । बैठकपछि नेता भिम रावलले भने,‘पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध गर्दै अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरको छ’।
अर्को बैठक बुधबार पुन बस्ने रावलले जानकारी दिए ।









प्रतिक्रिया