दुई साता अघि मात्र विवाह गरेका गायकको होटलबाट खसेर मृत्यु
समयपोष्ट
२०७८ जेठ ४ गते १६:२९
ब्राजिलका चर्चित गायक एमसी केविनको होटलको पाँचौ तल्लाबाट खसेर मृत्यु भएको छ ।
२३ वर्षीय गायक केविन होटलको ११ तल्लामा बसेका थिए । ५ औं तल्लामा रहेका साथीलाई भेट्न त्यहाँ पुगेका उनी उक्त रुमको बालकोनीबाट खसेर मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएको छ ।
स्थानीय पुलिस अधिकारीले यो बिषयमा जाँच गरिरहेको छ । केविनले दुई साता अघि ग्रलफ्रेन्ड डिओलेने बेजेरासँग विवाह गरेका थिए ।
प्रतिक्रिया