शुक्रबार, १४ वैशाख २०८१

महामारीले विद्यालयहरुलाई रिजर्भ फण्ड राख्नुपर्छ भन्ने सिकायो

समयपोष्ट २०७८ जेठ ४ गते १२:३५

Advertisement

शिक्षण संस्थालाई कोभिड–१९ ले कस्तो प्रभाव पार्यो ?
कोभिड–१९ बाट सम्पूर्ण क्षेत्रहरु प्रभावित बनेका छन् । शिक्षा क्षेत्र यसबाट अछुतो रहन सकेन । गत वर्ष चैतमा लकडाउन भएसँगै विद्यालयहरु यस वर्ष माघको बीचबाट मात्र सञ्चालनमा आए । अन्य क्षेत्रभन्दा शैक्षिक क्षेत्र कोरोना महामारीबाट अझ बढी प्रभावित भएको मैले पाएँ ।

कोभिडका कारण धेरैको रोजगारी गुम्यो, आम्दानी पनि कम भयो, यस्तो बेला अभिभावकलाई कसरी सहयोग पु¥याउनुभयो ?

हाम्रो यो संस्था ४० वर्ष पुरानो संस्था हो । अभिभावक–विद्यार्थीको यस संस्थाप्रति छुट्टै किसिमको प्रेम, सद्भाव र विश्वास छ । अभिभावकले आफ्नो व्यवसायबाट गरेको आर्जन आफ्ना छोराछोरीको शिक्षामा खर्च गर्ने हुन् । लकडाउन भइसकेपछि सारा उद्योग–व्यवसाय ठप्प भए । आम्दानीको स्रोत बन्द भयो । यही कुरालाई मध्यनजर गरी हामीले तीन महिनाको मासिक शुल्क मिनाहा गरिदियौं । यद्यपि, हामीले उक्त तीन महिनामा पनि अनलाईन कक्षाहरु सञ्चालन गरेका थियौँ । श्रावणबाट हामीले अनलाईन कक्षाको मात्र शुल्क लियौँ, जसले अभिभावकहरुलाई केही राहत दियो भन्ने हामीलाई लागेको छ ।

अनलाईन अध्यापनका सकारात्मक र नकारात्मक कस्ता अनुभव रहे ?

हाम्रो संस्था पहिलेदेखि नै प्रविधिमैत्री थियो । कोभिड अगाडिदेखि नै विभिन्न एप्सहरुमार्फत् अनलाईन पद्धतिबाट हाम्रा विद्यार्थीहरुले ज्ञान हासिल गर्दै आएका थिए । त्यसकारण पनि अनलाईन प्रणालीमा जान हामीलाई गाह्रो परेन । फेरि पनि यो सबैका लागि नयाँ भएको हुँदा यसले सम्भावना र चुनौती सँगसँगै लिएर आयो ।

 

विद्यार्थीहरुले ग्याप महसुस गर्न पाएनन् भने विद्यालयमै बसेर पढे जसरी पढ्न पाए । अन्य क्रियाकलापमा लाग्न पनि उनीहरुले समय पाए ।

यसको सकारात्मक पक्ष भनेको हामीले विद्यार्थीहरुको पढाइलाई निरन्तरता दिन पायौँ । विद्यार्थीहरुले ग्याप महसुस गर्न पाएनन् भने विद्यालयमै बसेर पढे जसरी पढ्न पाए । अन्य क्रियाकलापमा लाग्न पनि उनीहरुले समय पाए । तर, चार–पाँच वटा क्लास अनलाईनमा धैर्यतापूर्वक, एकाग्र भएर बस्न विद्यार्थीहरुलाई अलि गाह्रो भएको महसुस गरें ।

विद्यार्थीहरुलाई अनलाईनको माध्यमबाट सैद्धान्तिक सिकाइ सिकाउनुभयो । त्यसलाई व्यावहारिक ज्ञानमा ढाल्न के गर्नुपर्ला ?

अनलाईन क्लासमा हामीले उनीहरुलाई सैद्धान्तिक ज्ञानमात्र दिएनौं । विद्यार्थी प्रत्यक्षरुपमा सहभागी भएर गर्नुपर्ने विभिन्न किसिमका क्रियाकलापहरु गर्न हामीले लगाउँथ्यौं, जसले उनीहरुलाई जिम्मेवार बनाउन मद्दत गर्यो।

साना लगानीका शैक्षिक संस्था अहिले धेरै अप्ठ्यारोमा छन् । किनबेच र मर्जका पनि कुराहरु आइरहेका छन् । ती संस्थालाई जोगाउन के गर्नुपर्ला ?

शैक्षिक संस्था भनेका सेवामूलक क्षेत्र हुन्, जसको सञ्चालन खर्च बढी हुन्छ । त्यसकारण कुनै पनि सेवामूलक संस्थाहरु चाहे ती होटल, अस्पताल, स्कूल हुन् उनीहरुले रिजर्भ फण्ड राख्नुपर्छ । यो महामारीले विशेषगरी विद्यालयहरुलाई रिजर्भ फण्ड राख्नुपर्छ भनेर सिकायो । अहिले प्रायः सबै शैक्षिक संस्थाहरु अप्ठ्यारो परिस्थितबाट गुज्रिरहेका छन् । साना विद्यालयहरुलाई झनै समस्या छ ।

 

विद्यार्थी धेरै हुँदैमा त्यो विद्यालय भयङ्कर राम्रो, विद्यार्थी नभए नराम्रो भन्ने हुँदैन । साना विद्यालयले पनि धेरै शिक्षक–कर्मचारीहरुलाई रोजगारी दिइरहेका छन् ।

यो बेला रिलिफ प्याकेज ल्याइदिएको भए राम्रो हुन्थ्यो । सरकारले थोरै व्याजमा कर्जा प्रवाह गरेर हुन्छ कि फण्डिङै गरेर हुन्छ, साना विद्यालयलाई जोगाउनुपथ्र्यो । विद्यार्थी धेरै हुँदैमा त्यो विद्यालय भयङ्कर राम्रो, विद्यार्थी नभए नराम्रो भन्ने हुँदैन । साना विद्यालयले पनि धेरै शिक्षक–कर्मचारीहरुलाई रोजगारी दिइरहेका छन् । त्यसकारण सरकारले यसका लागि एउटा प्याकेज नै ल्याउन जरुरी छ ।

भीएस निकेतनको अवस्था कस्तो छ ?
भीएस निकेतनले ४० वर्ष पार गरिसकेको छ । यो सबैभन्दा पुरानो स्कुल नै हो । हाम्रो शिक्षण विधि पद्धति सधैं नयाँ–नयाँ किसिमको हुन्छ । यहाँ मध्यम वर्गीय परिवारका विद्यार्थीहरु पढ्न सक्छन् । हाम्रा अभिभावकहरु, स्टेकहोल्डर्सको माया, विश्वासका कारण आजका दिनसम्म पनि आफ्नो पोजिसन कायम गर्न सफल भएको छ । चैत्र २०७७, समयबोध म्यागेजिन 

प्रतिक्रिया

सम्बन्धित सामाग्री