अर्घाखाँची-जापान सम्पर्क समाजको सहयोगमा अक्सिजन मेसिन हस्तान्तरण

अक्सिजनको चरम अभावले कोरोना संक्रमितको मृत्युदर बढ्न थालेपछि त्यसलाई कम गर्न अर्घाखाँची-जापान सम्पर्क समाजले पठाएको सहयोगबाट खरिद गरिएका अक्सिजन मेसिन अर्घाखाँची जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ ।

Advertisement

अर्घाखाँची-जापान सम्पर्क समाजले अर्घाखाँची जिल्ला अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन खरिद गर्न सहयोग रकम पठाएको थियो । समाजले नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक खनालका नाममा चार लाख पचास हजार रुपैयाँ पठाएको थियो ।

सोही अनुसार अर्घाखाँची अस्पतालका प्रमुख मेसु डा. कपिल गौतमले देशभरी मेसिन अभावका बाबजुद पनि ३ वटा मेसिन प्रति मेसिन एकलाख दस हजारमा खरिद गरि ल्याइएको थियो । ती मेसिनहरुबाट अक्सिजनको अभावमा अस्पतालको बेडमा छट्पटाइ रहेका बिरामीहरुलाइ ठुलै राहतको महसुस डा गौतमले बताए । चारलाख पचास हजार मध्ये तीन लाख तीस हजारको तीन वटा मेसिन खरिद गरिएको र बाँकी रकम अर्घाखाँची अस्पतालको खातामा रहेको र अन्य मेसिन ल्याउने पहलमा लागी रहेको अस्पताल प्रमुख गौतमले जानकारी गराए ।

आफ्नो गास कटाएरै भए पनि सहयोग गरेकोमा अर्घाखाँची – जापान समाजका अध्यक्ष बाबुराम पौडेल, पत्रकार महासंघ जापान शाखामा कार्यरत इन्दिरा खनाल लगायत सम्पूर्ण सहयोगीलाई नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले हार्दिक धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री